बुढीगंगा गाउँपालिका नेमुवामा रहेको स्मृतीले कक्षा ११ संचालनमा ल्याउने

बुढीगंगा गाउँपालिका नेमुवामा रहेको स्मृतीले कक्षा ११ संचालनमा ल्याउने

विराटनगर, १ बैशाख ।
बुढीगंगा गाउँपालिका वडा नम्बर ३ नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलले कक्षा ११ संचालन गर्ने भएको छ । नयाँ बर्षसँगै बिद्यालयले कक्षा ११ संचालनको लागि स्वीकृती लिएको हो । वाणिज्य, विज्ञान र शिक्षा संकायमा पढाउन लागेको बिद्यालयकी प्रिन्सिपल रिता न्यौपानेले जानकारी दिईन ।

हाल कक्षा १० सम्म ८ सय बिद्यार्थी अध्ययन गर्दै आएका बिद्यालयमा कक्षा ११ संचालन भएसँगै बिद्यार्थीले चाप बढ्ने अनुमान गरिएको छ । नेमुवामा कक्षा ११ संचालन भएसँगै टंकीसिनवारी, हात्तिमुडा, सिसवनी, डंग्राहा तथा सुनसरीका बिद्यार्थीले समेत फाईदा लिन पाउने बिद्यालयकी प्रिन्सिपल न्यौपानेले बताईन् ।
कक्षा ११ संचालनको अनुमती प्राप्त गरेसँगै बिद्यालयले भौतिक पुर्बाधार, शैक्षिक उन्नयन तथा पुस्तकालय र विज्ञान प्रयोगशाला निर्माणको कामलाई तिब्रता दिएको न्यौपानेले जानकारी दिईने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्