तलब नपाएपछि जेट एयरवेजका पाइलटले सोमवारदेखि विमान नउडाउने

तलब नपाएपछि जेट एयरवेजका पाइलटले सोमवारदेखि विमान नउडाउने

एजेन्सी, १ बैशाख । ऋणमा चुर्लुम्म डुबेको जेट एयरवेजका हजारभन्दा बढी पाइलटले सोमवारदेखि विमान नउडाउने भएका छन् । तीन महिनादेखि तलब नपाएका कारण उनीहरूले विमान नउडाउने नेसनल एभिएटर्स गिल्डका अध्यक्षले आइतवार बताए ।

जेटको एक अर्ब २० करोड डलरभन्दा बढीको बैंक ऋण छ र यो हप्तौंदेखि धरमर अवस्थामा छ । मार्च महिनाको अन्त्यतिर गरिएको सम्झौताअनुसार, उसले ऋणदाताबाट २१७ मिलियन डलर बराबरको ऋण अझै पाउन बाँकी छ ।  जेटको अवस्थाका विषयमा चर्चा गर्न जरूरी बैठक शुक्रवार प्रधानमन्त्री कार्यालयमा राखिएको थियो र यसमा देशका उड्डयन सचिव प्रदीप सिंह खरोलाले पनि भाग लिएका थिए ।

बैठकपछि जेटसँग ६ देखि ७ विमान चलाउन सक्ने पैसा भएको खरोलाले बताए । त्यसपछि चाहिँ ऋणदाताहरूले सोमवार दिउँसोपछि कतिवटा विमान उडाउने भनी निर्णय लिनुपर्नेछ ।  कम्पनीले सोमवार बैंकरहरूलाई भेटेर अन्तरिम कालका लागि लगानी गर्न अनुरोध गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्