ईतिहास बोकेका कोईरीका चित्र : विराटनगरमा ३ दिने चित्रकला प्रर्दशनीकाे भोली अन्तिम दिन

ईतिहास बोकेका कोईरीका चित्र : विराटनगरमा ३ दिने चित्रकला प्रर्दशनीकाे भोली अन्तिम दिन

प्रेम देवान
विराटनगर, १ बैशाख । कलाकार समाजका गहान मात्र हैनन्, समाजका ऐन पनि हुन् भन्ने भनाईलाई अहिले सप्तरी हनुमान नगरपालिकाका कलाकार हरिओम मेहता कोईरीको देखाएका छन् ।

विराटनगरको आरोहण–गुरुकुल शुशिला नाटक घरमा चैत्र ३० गतेदेखि बैशाख २ गतेसम्म कोईरीको एकल चित्रकला प्रदर्शनी गरिएको छ । काठमाडौंको ललितकला क्याम्पसबाट आर्टस् लिएर मास्टर्ससम्म अध्ययन गरेका हरिओमले इतिहाँस र भूगोलको अध्ययन गरेर चित्रकलामा उतारेका छन् । मानव सभ्यताको ईतिहासलाई चित्रमा वर्णन गरेका छन् ।
प्रदर्शनीमा रहेका चित्रहरुले अवलोकर्ताको मस्तिष्कमा आनन्द दिलाउँछन् । चित्रकला प्रर्दशनीमा आएका अवलोकन कर्ताहरुलाई मेहताले चित्रले बोल्न खोजेको कुराहरुलाई एक एक गरी जानकारी गराउछन् ।
अवलोकन कर्ताहरुले पनि चित्र हेरिसकेपछि चित्रहरुले एउटा फरक धार बोकेको बताउँछन् । २५ सय बर्ष पुराना ईतिहाँसलाई चित्रको माध्यमवबाट चित्रमा उतारेका कारण उनको कलालाई सबैले प्रशंसा गरेका छन् ।
चित्रकला प्रदर्शनीमा गरिबी र अभावका बिचमा देखिएका फुसका झुप्रा हुन् या कंक्रिटको ओत पाएर मुस्कुराइरहेका नागरिकका मुहार । ती सबैका भित्तामा मिथिला चित्रकलाको बेजोड कलाको रसास्वादन गर्न सकिन्छ । उनको चित्रकलामा तीन वटा गोलीले छिद्र तुल्याएको चापाकल पनि छ ।
मधेश आन्दोलनको जीवन्त तस्बीर हो त्यो । चापाकलमा पानी पिउन लाग्दा महोत्तरी जिल्लाको जलेश्वरका अमित कापरको आन्दोलनका क्रममा ज्यान गएको थियो । पानी आउने कलबाट रगत चुहियो। त्यो घटनालाई मेहताले आफ्नो क्यानभासमा उतारेका छन्। त्यति मात्रा नभई हरिओमले गएको निर्वाचनमा नेताहरु झोलामा पैसा बोकेर भोट माग्न गाउँ छिरेको दृष्य देखेपछि त्यही कुरालाई क्यानभाषमा उतारेका छन् ।
इतिहास, संस्कृतिक र समाजका गतिविधिहरु समेटिएका २९ वटा चित्रलाई काठमाडौँ बाहिर पनि यसको महत्व बुझाउनेपर्ने भएकोले प्रर्दशनी गरिएको मेहताले बताए ।
यसअघि उनले काठमाडौं, विरगञ्ज, जनकपुरमा समेत चित्रकला प्रदर्शनी गरिसकेका छन्। प्रर्दशनीमा राखिएका चित्र २५ हजारदेखि १ लाख ५० हजार रुपैयासम्ममा खरिद गर्न सकिने काईरीले बताए । उनले प्रदर्शनीको अवलोकन गरिदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्