ओवी समाचार प्रभाव : उपचार गराउन नसकेका करणलाई आर्थिक सहयोग जुट्न थाल्यो

ओवी समाचार प्रभाव : उपचार गराउन नसकेका करणलाई आर्थिक सहयोग जुट्न थाल्यो

प्रेम देवान/रविन्द्र बराल ।
रंगेली, १ बैशाख । ‘आर्थिक अभावकै कारण रंगेलीका करणको उपचार हुन सकेन, ६ महिनादेखि ओछ्यानमा’ शिर्षकको समाचार शनिबार आवर विराटनगर डट नेटमा भएको थियो । आवर विराटनगर डट नेटमा आएको समाचार पढेर विराटनगरका एकजना मनकारीले सहयोग गरेका छन् ।

विराटनगर १२ का विकास विसुन्केले करणको उपचारका लागि उनका परिवारलाई नगद ५ हजार रुपैया घरमै पुगेर सहयोग गरेका छन् ।
आवर विराटनगरको टिम सहित पुगेका विसुन्केले करणका बुबा विनोद सरदारलाई नगद ५ हजार उपलबध गराएका हुन् ।
मोरङको रंगेली नगरपालिका २ स्थित मंगलबारेका ४५ बर्षका विनोद सरदार र आमा रेखा सरदारका कान्छा छोरा १३ वर्षका करण सरदारले पैसा नभका कारण बिगत ६ महिना देखि खुट्टाको उपचार नपाएका थिएनन् ।
कात्तिक महिनामा खेलेर घर फर्किदै गरेको समयमा बाटोमा लडेर उनको देव्रे खुट्टामा चोट लागेको थियोे । अस्पतालमा उपचार गराउन लैजादा उनको खुट्टा भाँचिएको थाहा पाए पछि डाक्टरको सल्लाह अनुसार खुट्टामा ब्याण्डेज गरियो । तर ६ महिना बितिसक्दा समेत खुट्टा राम्रो हुन नसकेको बिरामीका बुबा बिनोदले बताए । बालक अहिले घर मै बसेका छन् । उनी चोटका कारण स्कुल जान पाएका छैनन् ।

करण स्थानीय श्री महेन्द्र आधारभुत बिधालयमा कक्षा ४ मा अध्यनरत विद्यार्थी हुन् । बिगत १५ बर्षदेखि मोरिया खोलाको किनारमा १० घुर ऐलानी जग्गामा बसोवास गर्दै आएका यो परिवार अहिले आर्थिक संकटमा छ । आर्थिक अभावकै कारण करणको उपचार हुन सकेको छैन भन्ने समाचार पढेर आफूलाई थोरै भए पनि सहयोग गर्न ईच्छा भएर घसम्म आएको विसुन्केले बताए । उनले बिरामी भएर बसेका करणका परिवारलाई उपचारको लागि ५ हजार उपलब्ध गराएसँगै उपचार पस्चात करण र उनका दाजु दिल कुमार सरदारलाई कक्षा १० सम्म पढाउने प्रतिवद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्