विराटनगर दरैयाकाे बाँस झ्याङबाट पेस्तोल बरामद

विराटनगर दरैयाकाे बाँस झ्याङबाट पेस्तोल बरामद

विराटनगर,  २ वैशाख ।  मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट प्रहरीले आज १ थान पेस्तोल बरामद गरेको छ । स्थानीयले बाँसको झ्याङमा लुकाई राखेको शंकास्पद बस्तु देखे पश्चात इलाका प्रहरी कार्यालय रानीमा जानकारी गराएका थिए । उक्त स्थानमा तत्काल रानीबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा रंङको बट्टा भित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाई राखेको मेड ईन युएसए  लेखिएको पेस्तोल थान-१, म्याग्जिन थान-१  र सोही पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली फेला पारी बरामद गरेको हो । बरामद पेस्तोल बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्