बाजुरामा बिहानै भूकम्पको धक्का महसुस

बाजुरामा बिहानै भूकम्पको धक्का महसुस

काठमाडौँ, २ बैशाख ।  बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वी केन्द्रबिन्दु बनाएर सोमबार बिहान स्थानीय समय अननुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।

भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी त्रसित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्