दिल्लीले हैदराबादलाई हरायो, अंकतालिकाको दोस्रो स्थानमा

दिल्लीले हैदराबादलाई हरायो, अंकतालिकाको दोस्रो स्थानमा

हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा खेलिएको खेलमा क्रिस मोरिस र कगिसो रबाडाको घातक बलिङको मद्दतले दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ३९ रनले हराएको छ ।

दिल्लीका रबाडाले ३.५ ओभरमा २२ रन दिएर ४ विकेट लिए । दिल्लीका मिको पाल र क्रिस मोसिरले पनि तीन–तीन विकेट लिएर टीमलाई जिताए । दिल्लीको आठौँ खेलमा यो पाँचौ जित हो । दिल्ली अब १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ । हैदराबाद ७ खेलमा चौथो हारको सामना गरेर छैठौँ नम्बरमा रहेको छ ।

दिल्लीले पहिले ब्याटिङ्ग गरेर सात विकेटको क्षतिमा १५५ रन बनाएको थियो । १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८ ओभर ५ बलमा अलआउट हुँदै ११६ रनमा समेटियो ।

हैदरावादका डेभिड वार्नरले ५१ रनको अर्धशतकीय पारी खेलेपनि आफ्नो टीमलाई जिताउन सकेनन् । हैदरावादका जोनी बियर्स्ट्रोले ४१ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यो खेलमा दिल्लीले नेपाली युवा खेलाडी सन्दीप लामिछानेलाई खेलाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्