माेरङमा आफै सुतेकाे बसमा आगजनी, आगजनी गर्ने ब्यक्ति प्रहरी नियन्त्रणमा

माेरङमा आफै सुतेकाे बसमा आगजनी,   आगजनी गर्ने  ब्यक्ति प्रहरी नियन्त्रणमा

विराटनगर, २ बैशाख । मादकपदार्थ सेवन गरी बसमा सुतेका एक व्यक्तिले मोरङको उर्लाबारीमा एक यात्रुवहाक बसमा सोमबार बिहान आगजनी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका ७ मा केहीदिन देखि हल्ट गरिराखेको बसमा सर्लाहीको लालबन्दी घर भएका रामहरि माझीले आगजनी गरेका हुन्। ३० वर्षिय माझीले रोकिराखेको ना.४.ख ४९ नम्बरको बसमा विहान करिब साढे ३ बजे आगजनी गरेका हुन्। आगजनीमा संलग्न माझीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार, पक्राउ गरिएका माझी स्थानीय एक होटलमा कार्यरत छन्। आइतबार राती होटलबाट निस्किएर माझी बसमै सुतेका प्रहरीको भनाइ छ। राती सुतेको अवस्थामा लाइटर बालेर बसमा आगजनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको निरीक्षक तिम्सिनाको भनाइ छ।

प्रहरी र दमकलले तत्काल आगो नियन्त्रणमा लिन सकेका कारण अन्यत्र फैलिएर ठूलो क्षति भने हुन नपाएको उनले बताए। प्रहरी निरीक्षक तिम्सिनाका अनुसार आगजनीका कारण बसमा पूर्णरुपमा क्षति पुगेको छ। घटनास्थल नजिकै मालबाँसे पेट्रोल पम्प र केही घरहरु पनि रहेका थिए।

आगजनी पश्चात बसको विषयमा कतैबाट जाहेरी नआएका कारण बस धनीको को हो भनेर खुल्न नसकेको प्रहरीको भनाइ छ। सम्बन्धित धनिबाट जाहेरी आएपछि मात्र कानुनी कारबाही अघि बढाउने र थप अनुसन्धान सुरु गरिने प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्