तराईमा हिले माटो एक आपसमा छ्यापा– छ्याप गरेर यसरी मनाईन्छ सिरुवा पर्व

तराईमा हिले माटो एक आपसमा छ्यापा– छ्याप गरेर यसरी मनाईन्छ सिरुवा पर्व

विराटनगर,२ बैशाख । तराईका विभिन्न स्थानमा हिले माटो छ्यापा–छयप गरेर सिरुवा पर्व मनाईने चलन छ ।
विशेष गरी पूर्वी झापा, मोरङ सुनसरी, सप्तरी, सिरहा, उदयपुर लगायत जिल्लामा आज सिरुवा पर्व धुमधामका साथ मनाइँदैछ ।
तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । नयाँ वर्षसंगै शुरु हुने पर्वका अवसरमा आज झापाका राजवंशीले काद सिरुवा खेल्दैछन् । माटोको हिलो बनाएर आपसमा सिरुवा पर्वको शुभकामना आदानप्रदान गर्दै हिलो छ्यापा–छ्याप गरेर ‘काद सिरुवा’ खेल्ने गरिन्छ । माटो बिना जीवन चल्दैन भन्दै राजवंशी जातिले माटोको सम्मान स्वरुप काद सिरुवा खेल्ने गरेको पूर्व गृहराज्य मन्त्री भीमराज चौधरी राजवशीले जानकारी दिए ।

[caption id="attachment_82564" align="alignnone" width="960"] मोरङको कटहरी गाँउपालीकामा पूर्व गृहराज्य मन्त्री भीमराज चौधरी राजवंशी र भानु कला केन्द्र विराटनगरका कलाकार मनोेज राजवंशी पर्वको अवसरमा नाच्दै ।[/caption]

। यसअघि सिरुवाको पहिलो दिन हिजो राजवंशी समुदायका व्यक्तिले हर्षोल्लाससाथ ‘पानी सिरुवा’ मनाएका थिए । लगातार ३ दिनसम्म मनाइने सिरुवा अन्तर्गत सो समुदायले भोलि रंग सिरुवा खेल्नेछन् । राजवंशी समुदायले सिरुवा पर्वलाई प्रमुख चाडका रुपमा मनाउने गर्दछन् । यसैबीच सिरुवा मनाउने झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा आज सरकारले सार्वजनिक विदा घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्