विराटनगर मेनरोडका व्यावसाय चौपट, पानीको निकास नहुदाँ एकैदिनमा डुब्याे, ब्यापारमा समस्या

विराटनगर मेनरोडका व्यावसाय चौपट, पानीको निकास नहुदाँ एकैदिनमा डुब्याे, ब्यापारमा समस्या

प्रेम देवान,
विराटनगर, २ वैशाख ।
विराटनगरका मुख्यचोकमा सडक तथा नाला निर्माणको काम भईरहेको छ । विराटनगरका मुख्य वजार मेनरोड , ट्राफिक चोक, हिमालय रोडमा सडक विस्तार गर्ने काम बल्ल शुरु भएको छ । तर जसरी निर्माण भईरहेको छ त्यसको विकल्प खोजिएको छैन । आम सर्वसाधरणले मात्र हैन व्यापार गर्ने व्यावसायीहरुले पनि त्यति कै सास्ती पाएका छन् ।
सामान्य पानीको समस्या
विराटनगर जलजला चोकमा रहेको लक्ष्य इम्पोरियममा शनिबार राती परेको मुसलधारे पानीका कारण सबै डुब्यो । रातीको समयमा परेको पानीका कारण बजारका नाला भरिएर पसल भित्रै पानी पस्यो । विराटनगर ६ का अमित गुप्ताले डेढ बर्ष अगाडी संचालनमा ल्याएको लक्ष्य इम्पोरियममा आईतबार पुग्दा पसल भित्र पानीले भरिएको थियो । विहान ९ बजे पसल पुग्दा नालामा पानी भरिएर पसल भित्र छिरेको उनले बताए ।
‘कम्बरसम्म पानी थियो, गुप्ताले भने, ‘पसल भित्र रहेको सबै नयाँ कपडा, फर्निचर लगायतका कागज पत्र सवै पानीले भिजेर क्षति भयो ।’ पानीले नयाँ कपडा लगायत फर्निचर गरी करिव ६ लाख बराबरको क्षति भएको संचालक गुप्ताले बताए ।
यो त एउटा उदाहरण मात्र हो, बजारका अधिकांश व्यापार व्यावसाय गर्नेको पिडा यस्तै छन् । विराटनगर मेनरोडको माधुरी व्याग पसलका संचालक सुरेस अग्रवालको गुनासो पनि उस्तै नै छ । बाटो भत्काएपछि ५० प्रतिशत व्यापारमा घाटा भएको छ ।
पसल छिर्ने बाटो, नाला भत्किएको छ, ग्राहक बाटैबाट हेर्दै फर्किन्छन् । समयमै सक्ने भन्दै बनाउँदै गरिएको मेन बजारको काम बिभिन्न कारणले रोक्दै फेरी शुरु गर्दै गर्दा ब्यापारीलाई मात्र हैन यो सडक भएर आवत जावत गर्ने अधिकांशलाई सकस भएको छ । विराटनगरको विकास गर्नु राम्रो पक्ष हो , तर जसरी जुन गतिमा काम भएको छ यो कसैलाई पनि मन परेको छैन । विराटनगरको मेन रोडमा धेरै स्थानमा बाटो र नाला खनिएका छन् । निर्माणको ठेक्का लिने कम्पनीले कामलाई गति दिएको स्थानीय ब्यापारीको आरोप छ । अहिले खनेर लथालिङ्ग पारिएका सडकलाई बनाउने काममा गति दिईनु पर्छ । जेठ मसान्तसम्म सक्छौ भनेर बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरेको बाचा ठेकेदार कम्पनीलाई कारण देखाउँदै विकासको कामलाई ढिला गर्ने काम कसैबाट पनि हुनु नहुने ब्यवसायीको भनाई छ ।

https://www.facebook.com/ourbrt/videos/1239848019506973/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्