विराटनगरमा पहिलो पाईलाको एक बर्ष, सामाजिक क्षेत्रमा अग्रसर

विराटनगरमा पहिलो पाईलाको एक बर्ष, सामाजिक क्षेत्रमा अग्रसर

विराटनगर, २ वैशाख ।
विराटनगरमा रहेर समाजिक क्षेत्रमा काम गर्दै आएको ‘पहिलो पाईला नेपाल’ विराटनगर शाखाले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ ।

२०७४ बैशाख १ गते स्थापना भएको सामाजिक सस्थाले विराटनगर लगायत देशका हरेक स्थानमा आपतकालिन् अवस्थामा भोलेन्टियर्सको काम गदै आएको छ ।
वार्षिक उत्सवको अवसरमा विराटनगरमा भएको कार्यक्रममा पहिलो पाईला नेपालकी सस्थापक केन्द्रिय अध्यक्ष प्रतिभा जिसिले सामाजिक उत्तरदायित्व अनुसार काम गरेको बताए । सस्थाले एक वर्ष भित्र गरेका कार्यहरुको समिक्षा तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सस्था भित्र रहि २०७५ मा उत्कृष्ट कार्य गर्ने तीन जनालाई विभिन्न विधामा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मनसुन भुजेल, जेनिश दाहाल र गित गौतमलाई बिभिन्न अवार्डले सम्मान गरिएको पहिलो पाईला नेपाल विराटनगरका अध्यक्ष सुबास गौतमले जानकारी दिए ।

कार्यक्रममा विराटनगर जेसिसका उपाध्यक्ष अभिनाश थापाले सामाजिक क्षेत्रमा युवाहरुको भुमिका बढ्दै गएकोमा खुसी ब्यक्त गर्दै युवा सहभागीता बिना कुनै काम सफल नहुने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्