बोको हरामका ६३ लडाकू चाडको सरकारी सेनाद्वारा मारिए

बोको हरामका ६३ लडाकू चाडको सरकारी सेनाद्वारा मारिए

एजेन्सी, ३ बैशाख । आतङ्कवादी सङ्गठन मानिने बोको हरामका ६३ जना लडाकू चाडको सरकारी सेनाद्वारा मारिएका छन् ।  स्थानीय सञ्चारमाध्यमहरूले दिएको जानकारीअनुसार लास क्षेत्रमा आइतबार राति उनीहरू मारिएका हुन् ।

घटनामा परी सुरक्षाकर्मीतर्फका सात जना मारिएको समाचारमा जनाइएको छ । सेनाले जारी गरेको वक्तव्यमा अरू दर्जनौँ घाइते भएको उल्लेख गरिएको छ ।
पछिल्लो हप्ता यो बोको हरामसँगको दोस्रो भिडन्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
गत मार्चमा सोही ठाउँमा बोको हरामले थापेको विद्युतीय धरापमा परी कम्तीमा २३ जना सरकारी सैनिक मारिएका थिए । नवनियुक्त प्रतिरक्षा प्रमुख ताहिर इर्डाले पनि हालै मात्र सो ठाउँको भ्रमण गरेर आक्रमणकारीविरुद्ध नयाँ रणनीति अपनाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्