पोखरामा धादिङकी २२ वर्षीया युवती ‘वलात्कृत’, २ जना मृत फेला

पोखरामा धादिङकी २२ वर्षीया युवती ‘वलात्कृत’, २ जना मृत फेला

पाेखरा, ३ बैशाख ।  पोखरा महानगरपालिका ४ गणेश टोल बस्ने धादिङकी २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ भिमाद रेसिङपाटन बस्ने २१ वर्षीय राजन गैरे समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही महानगरपालिका ६ लेकसाइडस्थित कर्मा क्लबमा गएकी उनलाई लेकसाइडस्थित होटल द पोखरा युनाइटेडमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यता गत चैत २८ गतेदेखि हराई बेपत्ता भएका कञ्चनपुर कृष्णपुर नगरपालिका ८ बस्ने १९ वर्षीय सुबिल बडायकको सोमबार विहान शव फेला परेको छ ।

सुबिल हराएको भन्ने निजका आफ्न्तले ईलाका प्रहरी कार्यालय रैकवारमा खबर गरेपछि खोजी गर्ने क्रममा कृष्णपुर नगरपालिका ७ बहुलपट्टीमा उनको टिसर्ट र सोही ठाउँस्थित उग्रतारा सामुदायिक बनको छेउमा पर्ने न्याउर खोलाको किनारमा टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा फेला परेको हो ।  अनुसन्धानको क्रममा सोधपुछका लागि कृष्णपुर ७ शिरपट्टी बस्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता सर्लाहीको धनकौला गाउँपालिका ७ गैरिया टोल बस्ने ३० वर्षीय लालबहादुर सहनी सोही ठाउँस्थित खेतमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्