मौसम जानकारी : यस्ताे रहनेछ ३ दिनकाे माैसम ,वर्षा र हावाहुरी चल्ने सम्भावना

मौसम जानकारी : यस्ताे रहनेछ ३ दिनकाे माैसम ,वर्षा र हावाहुरी चल्ने सम्भावना

भारत हुँदै भित्रिरहेकाे पश्चिमी वायु आजै नेपाल आइपुग्ने र यसका कारण वर्षा तथा हावाहुरीकाे सम्भावना उच्च रहेकाे माैसमविद्हरुले जनाएका छन् । याे वायुका कारण नेपालमा आज र भाेलि मेघ गर्जनसहित वर्षा हुनेछ भने हावाहुरी र चट्याङको समेत सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएकाे जानकारी अनुसार नेपालकाे पश्चिमी भागबाट आजै उक्त वायु नेपाल भित्रिन लागेकाे हुँदा साे क्षेत्रमा वर्षाकाे सम्भावना बढी छ । विशेषगरी पश्चिम तराई क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने र चट्याङ तथा हुरीबतास चल्नेछ ।

भाेलि बिहानसम्म पश्चिमी वायु पूर्वी नेपालसम्म फेलिसक्ने हुँदा भाेलि पूर्वमा समेत वर्षा हुनेछ भने नेपालभरकाे माैसम पूर्णतया बदलि हुनेछ । महाशाखाका अनुसार भाेलि बुधबार देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्यक्षेत्रका थोरै स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको सम्भावना छ ।

बैशाख ०३ गते (मंगलबार)

दिउँसोः देशका पश्चिमि भू-भागमा सामान्य बदलि र पूर्वी तथा मध्य क्षेत्रका भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका पश्चिमि भू-भागका केहि स्थान र मध्य तथा पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतास को सम्भावना रहेको छ | साथै उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

राति: देशका पश्चिमि भू-भागमा सामान्य देखि पुर्ण बदलि र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भू-भागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षाको/असिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ०४ गते (बुधबार)

दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ | उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

राति: देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरैस्थानमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ०५ गते (बिहिबार)

दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

राति: देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

(स्राेत : माैसम पूर्वानुमान महाशाखा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्