झापामा यस्तो घटना: सामान किन्न गएकी ६ वर्षीया बालिकालाई पसल सञ्चालकले गरे यौन दुर्व्यवहार

झापामा यस्तो घटना: सामान किन्न गएकी ६ वर्षीया बालिकालाई पसल सञ्चालकले गरे यौन दुर्व्यवहार

रविन भट्टराई

बिर्तामोड बैशाख ३ , 

झापाको बिर्तामोड स्थित पसलमा सामान किन्न गएकी एक बालिकालाई पसल सञ्चालकले यौन दुर्व्यवहार गरेका छन्। सोमबार दिउँसो खाजा खान थुक्पाको लागि अजिना र हाजमोला किन्न गएकी ६ वर्षीया बालिकालाई स्थानीय पसल सञ्चालक ४० वर्षीय प्रकाश तोलाङ्ले चुइगम दिएर फकाउँदै योनाङ्गमा हात हालेको पीडित बालिकाको परिवारले बताएका छन्।

सोमबार दिउँसो करिब साडे दुईबजे पसल पुगेकी बालिकालाई दुईवटा चुईगम दिँदै हात समातेर भित्र लगी काखमा राखेर योनाङ्गभित्र औला हालेको बालिकाले राती सुत्ने समयमा उनकी आमालाई बताएपछि सो रहस्य बाहिर आएको हो।

‘छोरीले कास लाग्यो, पाउडर लगाइदिनुन आमा भनेपछि उनको योनाङ्ग सुनिएको देखेँ। छोरीलाई सोधेपछि पसलको अंकलले काखमा राखेर औला हाल्नुभयो, अहिले पनि दुखिरहेको छ, भनेपछि मात्रै हामिलाई थाहा भयो,’ पीडित बालिकाकी आमाले भनिन्।

घटनाको विषयमा बालिकाले बताउनासाथ पसलमा गएर सोधेको र सुरुमा होइन भन्दै पन्छिन खोजे पनि भरे उपचार गर्छौँ, कति पैसा चाहिन्छ भन्दै पसल सञ्चालक प्रकाश तोलाङ् र उनका श्रीमतीले धम्क्याएको पिडित परिवारले गुनासो गरे।

बालिकालाई राति नै नजिकै रहेको मनमोहन अस्पतालमा उपचारका लागि लगिएको थियो। बालिकाको स्वास्थ्य अवस्था अहिले सामन्य रहेको चिकित्सकले बताएका छन्। बालिकाका छिमेकीले प्रहरीलाई जानकारी गराएपछि दुर्व्यवहार गर्ने तोलाङलाई प्रहरीले सोमबार राति नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख (डिएसपी) सुवास खड्काले बताए।

‘घटनाको विषयमा अहिले अनुसनधान भइरहेकाले केही बताउन मिल्दैन, बालिकाको स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल लैजाने तयारी भइरहेको छ, पीडित बालिकाको अभिभावकले जाहेरी दिएपछि तोलाङ्लाई म्याद थप गरी विस्तृत रुपमा अनुसनधान हुन्छ,’ डिएसपी खड्काले भने।

बालिकालाई बलात्कार प्रयास भएको हो भन्दै बालिकाको अभिभावक राती नै जाहेरी दिन इलाका प्रहरी कार्यालय बिर्तामोड गए पनि प्रहरीले भोलि आउनु भन्दै फकाएर जाहेरी लिएर अनुसन्धान गर्न ढिला गरेको पीडितले गुनासो गरे। पीडक तोलाङ रिटायर शसस्त्र प्रहरी रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्