विराटनगर, ३ वैशाख। मोरङको पथरी-शनिश्चरे नगरपालिका-४ मगर टोलमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहान सोही स्थान बस्ने बिमल मगरको छोरा बर्ष १२ को अभिषेक मगर घर नजिकै रहेको नहरमा साथीहरुसंग पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । शव पोष्टमार्टमको लागि मंगलवारे अस्पताल उर्लावारीमा राखिएको छ ।