प्रदेश सभा बैठक प्राय ढिला, कांग्रेस नेता महेश आचार्य प्रदेश सभा बैठकमा पुगे

<span class='c1'>प्रदेश सभा बैठक प्राय ढिला, कांग्रेस नेता</span> <span class='c2'>महेश आचार्य प्रदेश सभा बैठकमा पुगे</span>

विराटनगर, ३ बैशाख ।
प्रदेश सभा शुरुहुँदाका केही महिनासम्म समयमा नै चल्ने गरेको प्रदेश सभा पछिल्लो केही महिनादेखि ढिला हुँदै आएको छ । मंगलवारको प्रदेश सभाको बैठकको निर्धारित समय दिउँसो १ बजे हो । तर १ बजेर ३० मिनेट जाँदा सभामुख, मन्त्री र सांसद सहित ९३ जनाको संख्यामा रहेको प्रदेश सभामा जम्मा २२ जनाको उपस्थिती देखिन्थ्यो ।
प्रदेश सभामा प्रवेश गर्दै गरेका सांसद बिजय विस्वासले मन्त्री ज्युहरुको ब्यस्तताले गर्दा ढिला भएको हुनसक्ने प्रतिक्रिया दिए ।
लगत्तै प्रदेश सभा सामाजिक विकास समितिकी सभापति सरिता खड्का प्रवेश गरिन् । उनी सभाहल भित्र प्रबेश गरेसँगै अन्य सांसद र बिषयगत समितिका सभापतिहरु पनि प्रवेश गर्दै हल भित्र प्रबेश गर्न थाले ।
निर्धारित समय भन्दा करिब ४५ मिनेट पछि नेकपाका सचेतक बुद्धिकुमार राज भण्डारी प्रदेश सभामा प्रबेश गर्दासम्म धेरै सांसदहरु हलमा आईसकेका थिए ।
एक बजेर ५० मिनेटमा लागेको घण्टीसँगै प्रदेश सभमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस प्रतिपक्षी दलका नेपा राजिव कोईराला, नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की प्रबेश गरेसँगै प्रदेश सरकारका मन्त्रीहरु हिक्मत कुमार कार्की र ईन्द्रबहादुर आङ्बो प्रवेश गरे लगत्तै संसद बैठक शुरु भएको थियो ।

मंगलवारको संसद बैठक करिब ५३ मिनेट ढिला गरी शुरु भएको थियो । सोमबारको प्रदेश सभा बैठकमा प्रदेशमा सुशासनको प्रत्याभुती गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि प्रस्तुत भएको प्रतिबेदन सहितको बिधेयक माथिको छलफल, सोही बिधेयकलाई पारित गर्ने कार्यसुची थियो ।
त्यस्तै न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुलीले प्रतिवेदन सहित प्रदेश सभा सचिवालय सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५लाई प्रदेश सभामा पेश गर्ने र प्रदेश आर्थिक कार्यबिधि(पहिलो संशोधन) विधेयक २०७५ माथिको छलफल सहित आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले जवाफ दिने कार्यसुची रहेको थियो ।
समान्यतया हरेक दिन निर्धारित समय भन्दा ढिलोगरी संसद बैठक शुरु हुने गरेको छ ।
सभामुख प्रदिपकुमार भण्डारीले आन्तरिक कुराहरु मिलाउनु पर्ने हुँदा ढिला हुनुलाई स्वाभाबिक लिनु पर्ने बताए । आन्तरिक कुरा मिलाउनु पर्ने, रिडिङ पेपर, कार्यसुची तयार पार्नुपर्ने लगायतका कुराहरुले पनि ढिला हुने गरेको सभामुख भण्डारीको भनाई छ ।
‘कहिले मन्त्रीसँग तालमेल मिलाउनु पर्ने हुन्छ, सभामुख भण्डारीले भने, हामीले हाम्रो हिसावमा समय मिलाएका हुन्छौ, तर मन्त्रीहरु कहिले काँही ढिला हुँदा र कहिलेकाँही दलसँग सहमती मिलाउनु पर्ने हुन्छ ।’प्रदेश सभामा महेश आचार्य
प्रदेश सभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका नेता महेश आचार्य पनि पुगेका छन् । उनी प्रदेशको अभ्यासको बारेको बारेमा हेर्न प्रदेश सभा हलमा पुगेका हुन् । उनले प्रदे सभा बैठकको शुन्य समयको अबधिमा सभाभित्र बसेर बाहिरिएका थए । प्रदेश सभा बैठक शुरु हुनु अघि नेपाली कांग्रेसबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक तथा सांसदहरुसँग छलफल गरेका थिए ।

[caption id="attachment_82687" align="alignnone" width="800"] प्रदेश सभामा पुगेका काङ्ग्रेसका नेता महेश आचार्य । तस्विर :सुमन सुस्केरा[/caption]

छलफलको क्रममा नेपाली कांग्रेसका सांसदले संसदीय अभ्यासको बारेमा आफ्ना भनाई राखेका थिए । त्यस्तै प्रदेशमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले दलको संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकहरुमा सबै पुरुष मात्र भएको र महिलालाई ठाउँ नदिईएको गुनासो राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्