पुर्व राजाकाे गाडीले ठक्कर दिएर घाईते भएका थप एककाे मृत्यु, ज्यान जाने दुईजना पुग्याे

<span class='c1'>पुर्व राजाकाे गाडीले ठक्कर दिएर घाईते भएका</span> <span class='c2'>थप एककाे मृत्यु, ज्यान जाने दुईजना पुग्याे</span>

विराटनगर, ३ बैशाख । पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थलमा छाडेर झापा फर्कदै गरेको कारको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

गत बुधवार पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थलमा छाडेर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको पछुवा गाडीको ठक्करबाट इटहरी उपमहानगरपालिका– ९ का २२ वर्षिय हेम चौधरीको मृत्यु भएको थियो । दुर्घटनामा सोही ठाउँका प्रकाश चौधरी गम्भिर घाइते भएका थिए ।

घाइते चौधरीको विराटनगर अस्पताल ( विराट नर्सिङहोम) मा उपचारका क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिने सुरक्षाकर्मी सवार बा ३ च ७९६२ नम्बरको कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट हेमको घटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक प्रकाश चौधरीे गम्भिर घाइते भएका थिए । घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।  बुधवार सुन्दरहरैँचामा दिनभरी आल्मुनियमको काम गरेर मोरटरसाइकलमा घर फर्कदै गर्दा पूर्व राजा ज्ञानेन्द्रलाई एयरपोर्टमा छाडेर फर्कीएको गाडीले ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्