‘विराटनगरका सामुदायिक विद्यालयमा अंग्रेजी माध्याम विभेदकारी भयो’

<span class='c1'>‘विराटनगरका सामुदायिक विद्यालयमा अंग्रेजी</span> <span class='c2'>माध्याम विभेदकारी भयो’</span>

विराटनगर, ३ बैशाख ।
प्रदेश सभामा मंगलवारको बैठकको शुन्य समयमा कांग्रेसले बर्चश्व कामय गरेको छ । अधिकांश बैठकको शुन्य समयमा नेकपाका सांसदको संख्या बढी देखिएको अबस्थामा आज कांग्रेसका सांसदले मात्र बोलेका हुन्।

शुन्य समयमा बोल्दै नेपाली कांग्रसका प्रमुख सचेतक केदार कार्कीले निजी बिद्यालयहरुमा देखिएको समस्या सामुदायिक बिद्यालयमा समेत शुरु भएको आरोप लगाए । सामुदायिक बिद्यालयमा अंग्रेजी र नेपालीको माध्यम भन्दै विभेद शुरु भएको अरोप लगाएका हुन् ।
केही सामुदायिक बिद्यालयमा अंग्रजी माध्यामका नाममा हुँदाखाने र हु्ने खानेबिचको खाडललाई बढाएको उनको भनाई छ । सामुदायिक बिद्यालयहरुमा अहिले अंग्रेजीको नाममा बोर्डिङ पढ्दै गरेका बिद्यार्थी कक्षा, ६ देखि १० सम्म ल्याएर भर्ना गराउने अनी तिनै बोर्डिङमा बढाउनेका छोराछोरीलाई नै छात्रबृती दिने जस्ता प्रबृती शुरु हुनु गलत भएको कार्कीको भनाई छ ।
‘एउटा सरकारी बिद्यालयमा पढ्ने धनीको छोरा रकम तिरेर अंग्रेजी पढ्छ, अनी पैसा तिरेर बसमा चढेर आउँछ, प्रमुख सचेतक कार्कीले भने, ‘पैसा नहुने गरिबको बच्चा आर्थिक अभावकै कारण नेपाली माध्याममा पढ्नु पर्ने अनी खाली खुट्टा हिँडेर बिद्यालय जानु पर्ने यो कस्तो शिक्षा हो ?’
पैसा नहुनेहरु अंग्रेजी माध्याम पढ्नै नपाउने गरी ल्याईएको शिक्षाको ब्यवस्थाले पैसा नहुनेहरु पढ्न नपाउने र उनीहरुलाई टर्चर दिने काम भएको कार्कीको भनाई छ । ‘दिन प्रतिदित शिक्षामा विभेद हुँदैछ, हुनेखानेले स्कलरसिपको लागि सामुदायिक बिद्यालयमा ल्याएर भर्ना गरेका छन्, यसबाट हुँदाखानेका बालबालिका प्रताडित हुनु परेको छ, कार्कीले भने ।
स्कलरसिपको नाममा हुनेखानेले गरिबको रगत र पसिनामा खेलेको आरोप कार्कीको छ । उनले यस्ता खालका बिभेद देखिने ब्यवस्थालाई रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

शुन्य समयमै बोल्दै नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले प्रदेशमा भएका सुकुम्बासीको ब्यवस्थापन गर्ने सम्बन्धमा कानुन ल्याउन आग्रह गरे । उनले भुमीहिन र सुकुम्बासीको ब्यवस्थापनका लागि प्रदेश स्तरको शक्तिशाली आयोग बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । भुमाफियाहरु सल्बलाएर जग्गाको अतिक्रमण बढीरहेको अबस्थामा ति माफियालाई समेत कानुनी दायरामा ल्याउनको लागि उनले प्रदेश सरकारसँग माग गरे ।
कांग्रेसकी सांसद लिला सुब्बाले प्रदेश सरकारले विनियोजन गरेको बजेटमा विभेद भएको आरोप लगाईन् । प्रदेश सांसदले माग गरेको भन्दा फरक कार्यक्रम हालेर पठाएको सुनाउँदै उनले आफुखुसी कार्यक्रम हाल्ने काम रोक्न माग गरिन् ।
उनले झापा, मोरङ र सुनसरीमा मात्र बढी बजेट हालेको, पहाडी जिल्लामा बजेट कम हालेको गुनासो गर्दै पहाडमा बजेट कम हाल्दा बसाई सराई बढेको उनको ठम्याई छ ।

सांसद राईले प्रदेश सरकार संघीयताको मर्म बिरुद्धमा चलेको आरोप लगाउँदै सांसदले माग गरेको कार्यक्रम डस्टविनमा हाल्ने काम बन्द गर्न प्रदेश सरकारलाई सुझाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्