एनसेलले सात दिनभित्र ३९ अर्बभन्दा बढी कर चुक्ता गर्नुपर्ने

एनसेलले सात दिनभित्र ३९ अर्बभन्दा बढी कर चुक्ता गर्नुपर्ने

काठमाडौँ, ३ बैशाख।  सर्वोच्चले तीन महिनाभित्र एनसेलको पूँजीगत लाभकर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएपछि ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको छ ।

अहिलेसम्म एनसेलले २३ अर्ब भन्दा बढी कर बुझाइसकेको भन्दै करदाता कार्यालयले अब सात दिनभित्र थप ३९ अर्ब बुझाउनुपर्ने निर्णय गरेको हो । कार्यालयले पहिला एनसेलले तिरिसकेको करलाई मिलान गरी अब तिर्नुपर्ने बाँकी रकम कर निर्धारण गरेको हो । कर निर्धारण पत्र एनसेललाई बुझाइसकेको करदाता कार्यालयले बतायो ।

टेलिया सोनेराले एक्जियटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेको थियो । तर त्यसको लाभकर तिर्नु नपर्ने भन्दै हालसम्म एक्जियटाले आनाकानी गर्दै आइरहेको थियो ।

अदालतमा मुद्दा परेपछि सर्वोच्चका प्रधानन्यायाधिससहित पाँच जना न्यायाधिसको पूर्ण इजलासले एनसेल र एक्जियटाले लाभकर तिर्नु पर्ने फैसला गरेको थियो । त्यही फैसलालाई आधार मान्दै ठूला करदाता कार्यालयले एनसेलको कर निर्धारण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्