धनकुटा, वैशाख ०४
गएराति पुर्वमा चट्याङ र हावाहुरी सहितको वर्षा आएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका-५ निगालेमा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती साढे १२ बजे सोही स्थान बस्ने बर्ष ३४ को लालमान तामाङले मोबाईल चार्जमा राखेर गरेर सुतिरहेको अवस्थामा बर्षा संगै खसेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।
चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि धरान स्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ ।