विराटनगरमा पेस्तोल काण्ड ; बाँसझ्याङमा पेस्तोल छ भनेर सुचना दिने सुराकी नै प्रहरीको फन्दामा परेपछि… 

विराटनगरमा पेस्तोल काण्ड ; बाँसझ्याङमा पेस्तोल छ भनेर सुचना दिने सुराकी नै प्रहरीको फन्दामा  परेपछि… 

प्रेम देवान 
विराटनगर  ४ वैसाख । प्रहरीले गत वैसाख १ गते विराटनगर १६ शमसानघाट नजिकै रहेको बाँसघारीबाट लुकाई राखेको अवस्थामा २ थान गोली सहित एउटा पेस्तोल बरामद गर्यो ।
इलाका प्रहरी कार्यालय रानी विराटनगरको प्रहरी टोलीले (मेड इन यु एस ए) नाम लेखेको पेस्तोल र गोली सुराकीको आधारमा बरामद गर्यो । पेस्तोल कसले किन राख्यो भन्ने विषयमा प्रहरीलाई टाउको दुखाईको विषय बन्यो ।
नभन्दै इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्र बहादर रानाको नेतृत्वमा गोप्य छानविन गर्न थाल्यो । नभन्दै प्रहरीले अन्तत प्रहरीलाई नै सुचना दिने व्यक्ती पक्राउ परे । प्रहरीले अनुसन्धानको क्रममा विराटनगर – १६ का करिब ३५ वर्षीय मणी सिंहलाई पक्राउ गरेको छ ।

[caption id="attachment_82738" align="alignnone" width="463"] पक्राउ परेका मणि सिहं[/caption]

सिंहले बाँस झ्याङमा पेस्तोल रहेको सूचना सबैभन्दा पहिला जानकारी प्रहरीलाई दिएका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा सिंहले नै बाँस झ्याङमा पेस्तोल राखेको प्रमाण जुटेपछि उनलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।
भारतबाट नेपाली २० हजार रुपैयामा किनेर ल्याएको प्रहरी समक्ष सिहले बताएका छन् । सिंह ससुरालीमा बस्दै आएका थिए । उनले पेस्तोल देखाउदै जग्गा कारोवारी गर्ने दलालहरुलाई धाकधम्की दिदै आएको हुन सक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका सिंहलाई जिल्ला अदालत मोरङमा हातहतियार खरखजना अन्र्तगत मुद्दामा म्यात थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्