टिप्पणी : विकासमा अलमल (भाग १), हामी विराटनगरवासी कति सभ्य छाैँ ? (भिडियो सहित )

टिप्पणी : विकासमा अलमल (भाग १), हामी विराटनगरवासी कति सभ्य छाैँ ? (भिडियो सहित )

विरटनगर, ४ वैशाख ।
विराटनगरमा हाल विश्व बैंकको सहयोगमा क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत विराटनगर महानगरपालिका भित्र ढल, नाला तथा सडक निर्माणको काम तिव्रगतिमा भईरहेको छ ।

परियोजना अन्तर्गत मुख्य बजार क्षेत्रमा सडक तथा नाला निर्माणको कार्य जारी छ । यो क्रममा आवर विराटनगर डट नेटले ठेक्का लिने निर्माण कम्पनीले गरेका राम्रा कामलाई उजागर गर्ने र गल्ती तथा कमी कमजोरीमा खबरदारी गर्ने काम बिभिन्न समयमा हुँदै आएको छ ।
बिभिन्न समयमा भएका खबरदारी समेत कार्यान्वयन त भएका छैनन् तर नागरिकको तर्फबाट पनि सहनु पर्छ भन्नेसम्म देखिएको छ । आज हामीले विराटनगरमा निर्माणाधिन अवस्थामा देखिएको विराटनगरको मुख्य बजारको अवस्थामा आम नागरिकको पनि भुमिका कस्तो छ भनेर देखाउन खोजेका छौ ।
निर्माणाधिन सकडमा ठेकेदार कम्पनीले कामदारलाई काममा लगाउन भ्याई नभ्याई देखिन्छ । त्यही सडकको छिर्ने ठाउँमा नै बाटो बन्द छ भनेर लेखिएका बोर्डहरु टाँसिएका हुन्छन् । तर ति बोर्डको कसैले पनि वास्ता गरेको देखिँदैन । बाटो बन्दको बोर्ड नहेर्ने हामी नागरिक बाटोमा पुगेर त्यही ठेकेदार कम्पनीलाई गाली गरिरहेका हुन्छौँ ।
बन्द छ, भनी लेखिएको सडकबाट हिँड्दा समेत विकासको काममा अबरोध भएको आवरबिराटनगरले फेला पारेको छ । हुन पनि अधिकांश सडकहरु भत्काएर समयमा नै निर्माण नहुँदा यसरी बनाउँदै गरेको सडक प्रयोग गर्नु सर्बसाधारणको बाध्यता होला । तर भएपनि त्यसरी बनाउँदै गरेको सडकबाट हिँड्दा कति सुरक्षित छ भन्ने पनि अर्को प्रश्न तेर्सिएको छ ।


आखिर हामी कति सभ्य छौ ? यस्तो छ, स्थलगत भिडियो

https://www.facebook.com/ourbrt/videos/2009059395890152/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्