विराटनगरमा अजोड ईन्स्याेरेन्सकाे शाखा विस्तार

विराटनगरमा अजोड ईन्स्याेरेन्सकाे शाखा विस्तार

विराटनगर, ४ वैशाख । विराटनगरको मुनालपथमा अजोड ईन्स्याेरेन्सको शाखा कार्यालय संचालनमा आएको छ ।

शाखा कार्यलयको प्रदेश नं.१ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल तथा अजोड संचालक समितिका अध्यक्ष डा. विनोद प्रसाद विष्टले सयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सहायक महा–प्रवन्धक महेशराज खरेलले अजोड ईन्स्याेरेन्सको बारेमा जानकारी गराएका थिए । अजोडको ६ वटा क्षेत्रीय कार्यालय, २३ वटा शाखा कार्यलय र ४ वटा कृषि तथा पशु विमा समेत गरी ३० वटा कार्यालय रहेको खरेलले बताए ।
त्यसैगरी ५ वटा विमा काउन्टर र एक ग्राहक सेवा केन्द्र रहेको जनाएको छ । कम्पनीले प्रदान गर्ने विमा सेवालाई छिटो छरितो सम्पादन गर्न अनलाईन मार्फत कम्प्युटर प्रणाली सिस्टम जारी गरेको अजोड संचालक समितिका अध्यक्ष डा. विनोद प्रसाद विष्टले बताए । साथै अजोडको कार्यालय ७ वटै प्रदेशमा जारी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्