विराटनगरमा निर्माण हुने मुसाफिरखानाका लागि मन्त्री पण्डितकाे एक करोड सहयाेग

विराटनगरमा निर्माण हुने मुसाफिरखानाका लागि मन्त्री पण्डितकाे  एक करोड सहयाेग

विराटनगर, ४ वैशाख ।
विराटनगर– ६ सरौचिया बुद्धचोकमा बन्न लागेको सामुदायिक भवन (मुसाफिरखाना)का लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक करोड रुपैया सहयोग गरेका छन् । करिब ४ कठ्ठामा बन्न लागेको सामुदायिक भवनको बुधबार शिल्यानास गर्दै मन्त्री लालबाबु पण्डितले भवन निर्माणको लागि सहयोगर्थ एक करोड रुपैया प्रदान गरेका हुन् ।
शिलान्यास कार्यक्रम बोल्दै पण्डितले विराटनगरको पुरानो ईतिहासलाई कायम राख्दै विराटनगरलाई प्रदेश नम्बर एकको राजधानी बनाउन पहल गर्ने बताए । काडमाण्डौ पछि ठूलो शहरलाई विकास गर्न आफ्नो दायित्व रहेको मन्त्री पण्डितले उल्लेख गरे ।
सामाजिक सदभावसँगै राजनीतिक सद्भाव आवश्यक रहेका बताए ।  ट्रयु बुईल्ट इन्जिनियरिङ कन्सल्ट्यान्ट प्रा.लिले ठेक्का लिएको भवनको ५ तले लिफ्ट सहितको भवनमा सामाजिक काम, विवाह, भोजभतेर जस्ता कार्यको लागी प्रयोग गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्