श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई अख्तियारको पत्र, यस्तो छ कारण

श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई अख्तियारको पत्र, यस्तो छ कारण

विराटनगर, ५ बैशाख
श्रम कार्यालय बिराटनगरका प्रेम प्रसाद सञ्जेललाई भ्रष्टाचारको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा नगएको समयको सेवा सुबिधा लिएर भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएको हो । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई तीन दिनभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन भनिएको छ ।
निर्वाचन आयोग, क्षेत्रिय कार्यालय विराटनगरमा रहँदा काम नगरी एक महिनाको तलब भत्ता लिएको उजुरी परेपछि अख्तियारले सञ्जेलको नाममा पत्र काटेको हो । उजुरीका आधारमा अख्तियारका अनुसन्धान अधिकृत राजु अधिकारीद्धारा हस्ताक्ष्रित पत्रमा त्यस बारेमा बुझ्नु पर्ने भएकोले तीन दिन भित्र हाजिर हुन भनिएको छ । सञ्जेललाई यस अघि पटक पटक मौखिक रुपमा उपस्थित हुन भनिएको थियो तर मौखिक रुपमा नजाने अडान लिएका सञ्जेललाई लिखित रुपमा तिन दिन भित्र हाजिर हुनु भनेर पत्रका आएको हो ।
निर्वाचन कार्यालय विराटनगरको प्रमुख हुँदा पनि सञ्जेलको समय नपुगी सरुवा भएको थियो । निर्वाचन कार्यालयको नयाँ भवन चुहिएपछि भवन निर्माण गर्ने ठेकदारको भुक्तानी रोकिदिएका कारण आफ्नो सरुवा भएको सञ्जेलको दाबी छ । उनको सरुवा भएपछि कानुन विपरित भएको भन्दै सर्बोच्च अदालत लगायत सम्बन्धित निकायमा न्यायको लागि गएका थिए । लामो समय कानुनी लडाईमा लागेका सञ्जेल सर्वोच्चबाट पुनर्बहाली भएपछि कार्यालय फर्किएका थिए । सर्बोच्चको आदेश पछि उनले निर्वाचन कार्यलयमा दुई वर्ष विताए ।
अदालती प्रक्रियामा रहँदा उनले २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म कार्यालयमा हाजिर गरेका थिएनन् । अदालतको आदेशपछि पुनर्बहाली भएका उनले हाजिर नगरेको अवधिको तलब र भत्ता बुझे । अदालतले आफ्नो पक्षमा फैसला गरेपछि पाउँदै आएको सेवा सुविधा कटौती नहुने भएकोले आफुले तलव, भत्ता तथा सेवा सुबिधा बुझेको बताएका छन् । ‘यो कानुनले दिएको सुबिधा हो, उनले भने, अहिले त्यही बिषयलाई लिएर अख्तियारबाट पत्र आएको छ, पाउने सेवा सुबिधा लिएकै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्