चेन्नई ६ विकेटले पराजित, हैदरावाद पाचौँ स्थानमा उक्लियो

चेन्नई ६ विकेटले पराजित, हैदरावाद पाचौँ स्थानमा उक्लियो

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । १ सय ३३ रनको सामान्य लक्ष्य पाएको हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । निर्धारित २० ओभरमा चेन्नईले ५ विकेट गुमाउदै १ सय ३२ रन बनाएको थियो ।

हैदरावादको राजीव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर फिल्डिंग पाएको हैदरावादको जितमा ओपनर जोनी बेयरस्ट्रो र डेविड वार्नर अर्ध शतक खेले । बेयरस्ट्रोले ४४ बलमा ३ चौका र ३ छक्कासहित ६१ रनमा अविजित रहे भने वार्नरले २५ बलमा १० चौका प्रहार गर्दै ५० रनमा छैटौं ओभरको चौथो बलमा दिपक चाहरले फाफ डु प्लेसिसबाट क्याच आउट गराएपछि आउट भए ।

हैदरावादका लागि अरुले उल्लेख्य रन बनाएनन् । कप्तान केन विलियम्सन ३, विजय शंकर ७ र दिपक हुड्डा १३ रनमा आउट भए । चेन्नईका लागि ईमरान ताहिरले २,दिपक चाहर र करन शर्माले समान १ विकेट लिए ।

त्यस्तै चेन्नईका ओपनर फाफ डु प्लेसिसले ३१ बलमा ३ चौका र ३ छक्कासहित ४५ रन बनाए । अर्का ओपनर शेन वाटशनले २९ बलमा ४ चौका सहित ३१ रन बनाएर ९ औँ ओभरको पाचौँ बलमा सहवाज नदिमबाट बोल्ड आउट भए । दुवैले ७९ रनको साझेदारी गरे । त्यसपछि ११ औं ओभरको तेस्रो बलमा डु प्लेसिसलाई विजय शंकरले जोनी बेयरस्टोबाट क्याच आउट गराए ।

त्यसपछि महेन्द्र सिंह धोनीलाई आराम दिएको बेला क्पतानी पाएका सुरेश रैना १३ रन जोड्दै बाहिरीए । केदार जाधव १ र साम बिलिङ्स ०,आम्बाती रायुडु २५ , र रविन्द्र जडेजा २० बलमा १० रन बनाएर अविजित रहे । हैदरावादका लागि राशिद खानले २,सहवाज नदीम,खलिल अहमद र विजय शंकरले समान एक विकेट लिए। IPL Highlights, SRH vs CSK IPL Score: Jonny Bairstow, David Warner Hit Fifties As SunRisers Hyderabad Thrash Chennai Super Kings

योसँगै ८ खेलमा ४जितेको हैदरावाद ८सहित पाँचौ स्थानमा उक्लिएको छ भने ९ खेलमा ७ जितेको चेन्नई १४ अंकसहित शीर्ष स्थान मै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्