बिराटनगर बैशाख ५ ,
बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा आज मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा बिहिबार बिहान शंकास्पद बस्तु भेटिएको छ । पुर्बपश्चिम राजमार्गमा कुकर सहितको शंकास्पद बस्तु भेटिएको हो ।
स्थानीयले कुकर बम भएको बताएपनि प्रहरीले त्यसको पुष्टि गरेको छैन । ईलााका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले त्यस क्षेत्रमा प्रहरी पठाएको बताएका छन ।
बिराटनगर लगायत मोरंगमा बन्दको प्रभाव बिहानैदेखि देखिएको छ ।