विराटनगरमा पत्रकारको धर्ना, जिल्ला प्रशासन कार्यालय घेरे

<span class='c1'>विराटनगरमा पत्रकारको धर्ना, जिल्ला</span> <span class='c2'>प्रशासन कार्यालय घेरे</span>

विराटनगर, ५ बैशाख ।
पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका छन् । मोरङ जिल्ला पत्रकार महासंघको अगुवाईमा प्रदेश पत्रकार महासंघ समेतको सहभागीतामा धर्ना दिएको हो ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाए पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन् ।
पत्रकारहरुले धर्ना दिँदै तत्काल विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजी माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको मुल गेटमा ९ः३० बजेदेखि १ घण्टासम्म धर्नामा बसेका हुन् ।
नेपाल पत्रकार महासंघ केन्द्रको आब्हानमा बिहीबार प्रदेश १ का सबै जिल्लाहरुमा पत्रकार जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नामा बसेका छन् । विद्युतीय कारोवार ऐनको आधारमा समाचार लेखेकै बिषयलाई लिएर पत्रकारलाई पक्राउ गर्ने तथा धडपकड गर्ने काम भएको नपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेलले बताए ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनासर्त रिहाइको मागलाई लिएर आन्दोलित हुनु परेको उनको भनाई छ ।
पत्रकार महासंघ मोरङ जिल्ला अध्यक्ष बन्धु पोखरेलले पत्रकार महासंघको केन्द्रको पहिलो चरणको कार्यक्रम अनुसार धर्ना बसिएकोले आगामी दिनमा समेत यी दफा खारेज नहुँदासम्म आन्दोलनलाई कसरी लैजाने भन्ने बारेमा केन्द्रको निर्णयमा भर पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्