माेरङकाे फेसबुक चोकमा आगलागी, १५ लाख बढीको क्षति

माेरङकाे फेसबुक चोकमा आगलागी, १५ लाख बढीको क्षति

विराटनगर,  ५ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका-६ फेसबुक चोकमा आगलागी भएकाे छ । साेही स्थान बस्ने  बीरबहादुर भट्टराईको घरमा आगलागी हुँदा करिब १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको हाे । भट्टराईको घरमा  बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो भएको दुई तले घर, घर भित्र रहेको लत्ता कपडा, भाँडावर्तन, काठपात, अन्न  लगायत सम्पूर्ण सर-सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।  आगलागी प्रहरी  र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्