सुन्दर हरैँचामा भेटिएकाे प्रेसर कुकर बम : के थियाे ! बासी भात की विस्फाेटक पद्धर्थ

सुन्दर हरैँचामा भेटिएकाे प्रेसर कुकर बम : के थियाे  ! बासी भात की  विस्फाेटक पद्धर्थ

विराटनगर, ५ बैशाख ।
विहिबार बिहानको समय थियो । मोरङको सुन्दर हरैँचा नगरपालिकामा संकास्पद बस्तु फेला परेको प्रहरीलाई जानकारी गराए । प्रहरीले जानकारी पाउन साथ त्यो बारेमा कसरी सुरक्षित डिस्पोज गर्ने भन्ने लागेर प्रहरीले नेपाली सेनाको सहयोग लियो ।

नेपाल बन्दको आब्हान गरेको प्रतिबन्धित नेकपा विप्लव समूहले कुनै बिस्फोटक बस्तु राखेको हुने आशंका गर्दै उसैले प्रेसर कुकर बम राखिएको आशंका गरियो । कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीलाई आवत जावतमा रोक लगाईयो ।
बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकर भित्र बासी भात भेटिएको स्थानीयले बताएका छन् ।  साँझ खाना पकाएर खाएपछि सफा नगरेको कुकरमा बिस्फोटक पद्धार्थ हालेको फेला परेको हो ।
कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी करिब ३ मिटरको तार राखिएको थियो । त्यहाँ सेनाको टोली गएर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
तर प्रहरीले कुकरमा भात नभेटिएको जनाएपनि स्थानीयले भत भएको कुकर सहितको फोटो सार्बजनिक गरेको भएपनि प्रहरीले कुकरमा बासीभात भेटिएको पुष्टि गरेको छैन ।
यस बारेमा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बम भेटिएपछि शेना र सशस्त्र प्रहरीको टोलीले त्यसलाई डिस्पोज गर्ने काम गरेको बताए । प्रजिअ केसीले बिस्फोट गर्ने किसिमको साबुनहरु सहितको डिटोनेटर र तार हालेको अबस्थामा कुकर भेटिएको भएपनि भात भेटिएको बारेमा आफुलाई जानकारी नभएकोले त्यो बारेमा जानकारी लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्