चट्याङबाट कसरी बच्ने? यस्तो सावधानी अपनाए ज्यान जोगाउन सकिन्छ

<span class='c1'>चट्याङबाट कसरी बच्ने? यस्तो सावधानी</span> <span class='c2'>अपनाए ज्यान जोगाउन सकिन्छ</span>

नेपालमा चट्याङबाट वर्षेनी ८२ जना मानिसको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।

खासगरी चैत-वैशाखमा साँझपख हावाहुरी चल्छ। बादल गड्याङगुडुङ हुन्छ। बिजुली चम्कन्छ र चट्याङ पर्छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले चट्याङ पर्ने बेलामा कसरी जोगिने भने केही सुझाव दिएको छ।

केन्द्रका अनुसार घरभित्र हुँदा विद्युतीय सामग्रीहरू टिभी, फ्रिज, कम्युटर, वासिङमेसिन प्रयोग गर्नुहुँदैन । तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्ने,  घरबाट बाहिर ननिस्कने, धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम नगर्न पनि केन्द्रले भनेको छ ।

त्यसैगरी, विद्युतीय सामग्री टिभी, कम्प्युटर आदिको नजिक नबस्ने  गर्दा चट्याङ्को क्षतिबाट बच्न सकिने केन्द्रको भनाई छ ।

त्यस्तै, घरबाहिर हुँदा अग्लो र एक्लो रूखमा ओत नलाग्ने, पौडिने, माछा मार्ने, र्‍याफ्टिङजस्ता क्रियाकलाप नगर्ने, खुला मैदानमा नबस्ने, धातुको तारबारको नजिक नबस्ने,  मैदानमा लमतन्न परेर नसुत्ने वा नखेल्ने जस्ता काम गर्नुपर्ने केन्द्रको सुझाव  छ ।

त्यसैगरी, मानिसको समूह वा झुन्ड तथा मेला, हाटबजार वा महोत्सवमा नरहने, फुटबल, क्रिकेट, गल्फ खेलिरहेको भए तुरून्त बन्द गर्न केन्द्रले सुझाएको छ ।

यस्ता सतर्कता अपनाए चट्याङबाट बच्न सकिन्छ: 

बिबिसीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्