अख्तियारको पत्रमा सञ्जेलको प्रतिक्रिया ‘भ्रष्टाचारी ठहर भए टुँडिखेलमा झुण्ड्याएर मार्नु’

<span class='c1'>अख्तियारको पत्रमा सञ्जेलको प्रतिक्रिया ‘भ्रष्टाचारी</span> <span class='c2'>ठहर भए टुँडिखेलमा झुण्ड्याएर मार्नु’</span>

विराटनगर, ५ वैशाख । भ्रष्टाचार विरोधीको रुपमा चिनिँदै आएका श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएसँगै यो बिषय चर्चामा आएको छ ।

निर्वाचन आयोग, क्षेत्रिय कार्यालय विराटनगरमा रहँदा काम नगरी एक महिनाको तलब भत्ता लिएको उजुरी परेपछि अख्तियारले सञ्जेलको नाममा वैसाख ४ गते पत्र काटेर श्रम कार्यलयमा पठाएको थियो । क्षेत्रीय निर्वाचन कार्यालयको प्रमुख रहँदा २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म हाजिरी नै नगरी तलब भत्ता बुझेको भन्दै संजेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

तीन दिनभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुनु भन्दै आएको पत्रका सन्दर्भमा सञ्जेलले शुक्रबार आफूविरुद्ध परेको भ्रष्टाचारको उजुरीको बयान दिन जाने बताएका हुन् ।
सञ्जेलका विरुद्ध उजुरी परे पछि तीन दिनभित्र अख्तियारको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखाले उनलाई तिनदिन भित्र हारिज हुन भनिएको छ । बुधवार प्राप्त पत्रका आधारमा उनलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । उनले बुधबार पत्र प्राप्त गरेका थिए । पत्र प्राप्त गरेपछि बिहीबार संचारकर्मीहरू कुराकानी गर्दै उनले आफू छाती ठूलो बनाएर अख्तियारमा बयान दिन जाने बताए ।
‘शुक्रबार अख्यितार बयान दिन जाँदैछु,’ संजेलले भने, ‘मैले सर्वोच्च अदालतको आदेश अनुसार सो अवधीको तलब भत्ता बुझेको हुँ ।’ आफू भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मर्न चुनौति दिँदै संजेलले कोही कसैले उजुरी हाल्दैमा आफू नडराउने उल्लेख गरे ।
आफूले बुझेको तलब भत्ताको विषयमा आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणमा पनि अदालतको आदेश अनुसार भएको विषय प्रमाणित भएको दाबी गरेका छन् । सञ्जेललाई यस अघि पटक–पटक मौखिक रुपमा उपस्थित हुन भनिएको थियो तर मौखिक रुपमा नजाने अडान लिएका सञ्जेललाई लिखित रुपमा पत्र प्राप्त भएको हो । पत्रको आधारमा आफु बयान दिन जान तयार रहेको बताएका हुन् । उनका अनुसार ३ दिन भित्र उपस्थित हुन भनिएकाेले कार्यालयकाे समयका आधारमा तिन दिनलाई आधार बनाएर आफु त्यस बारेमा आफ्ना कुरा राख्न जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्