ईलाका प्रशासन कार्यलय रंगेलीमा नागरिकताका लागि आउने सेवाग्राहीसँगै भारतीय गाडीका लाम

<span class='c1'>ईलाका प्रशासन कार्यलय रंगेलीमा नागरिकताका लागि</span> <span class='c2'>आउने सेवाग्राहीसँगै भारतीय गाडीका लाम</span>

रबिन्द्र बराल
रंगेली, ५ वैशाख ।
जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन सर्बोच्च अदालतको आदेशसँगै जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकता लिन जानेहरुको भिड लागेको छ ।

मोरङका जिल्ला प्रशासन कार्यालय मोरङ, ईलाका प्रशासन कार्यालय रंगेली र ईलाका प्रशासन कार्यालय उर्लावारी लगायतका ठाउँहरुमा नागरिकता लिन जानेहरुको भिड छ । विराटनगरमा दैनिक  २ सय बढीले  नागरिकता लिँदै आएका छन् ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन बाटो खुला गरेपछि सिमावर्ती क्षेत्रमा बढी भिड छ । यसरी नागरिकता लिन आउनेहरु भारतीय नम्बरका गाडीमा आउनेहरुको संख्या पनि उल्लेख्य रहेको छ ।
ईलाका प्रसाशन कार्यलय रंगेलीको मुल गेटमा नागरिकता बितरणको काम शुरु भएसँगै दैनिक १० वटा बढी भारतीय नम्बर प्लेटका मोटरसाईकलहरु देखा पर्न थालेका छन ।

ईलाका प्रशासन कार्यालय रंगेलीबाट दैनिक ६० देखि ६५ वटा नागरिकता बितरण हुँदै आएकोमा अहिले त्यो संख्या दोब्बरले बढेको ईलाका प्रशासन कार्यालय रंगेलीले जनाएको छ ।
मोरङमा विहिवारसम्म करिब १ हजार बढीले जन्मशिद्धका छोराछोरीले बंशजको आधारमा नागरिकता प्राप्त गरिसकेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लावारी तथा जिल्ला प्रशासन कार्यालय विराटनगरवाट नागरिकता वितरणको काम भईरहेको बताईन् । उनले जिल्ला प्रशासन कार्यालयमा मात्र टोकनबाट नागरिकता लिनेहरु मध्ये ३ हजार ५ सय बढीले टोकन लिईसकेका जानकारी दिईन् ।
गृह मन्त्रालयको परिपत्र अनुुसार चैत १९ गतेदेखि त्यस प्रकारको नागरिकता वितरण शुुरु भएको हो । त्यसपछि अदालतको आदेश अनुसार चैत २६ गतेदेखी वैशाख ३ गतेसम्म नागरिकता वितरणको काम रोकिएको थियो । अदालतको निर्णय पछि वैशाख ४ गतेदेखी नागरिकता वितरणको काम फेरी शुरु भएको हो ।
नागरिकता लिनेको संख्या बढेसँगै कर्मचारी थप गरेर सहज रुपमा नागरिकता दिने ब्यवस्था मिलाईएको ओलीले बताईन् । जन्मशिद्धका छोराछोरीलाई बंशजका आधारमा नागरिकता बितरणको लागि आमा र वावुुको नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्