म्यानपावरको लापरवाहीले दुवईमा मोरङका दुई युवालाई यातना, परिवार नवालक सहित श्रममा

<span class='c1'>म्यानपावरको लापरवाहीले दुवईमा मोरङका दुई युवालाई</span> <span class='c2'>यातना,  परिवार नवालक सहित श्रममा</span>

ह्यविराटनगर ५ वैशाख ।
मोरङको सुन्दरहरैचा नगरपालिका – ५ लाटिझोडाका दुई जना युवा वैदेशिक रोजगारीमा गए । ७ महिना अघि २१ वर्षिय पुष्पमणि गौतम र २३ वर्षिय रबिन पराजुली एजेन्ट महेन्द्र तामाङ्गमार्फत काठमाण्डौ स्थित ‘बाइटपल म्यानपावर’ मार्फत दुबइ गए । साहुसँग ऋण खोजेर १ लाख ७० हजार मेन पावरलाई बुझाएर दुवई पुगेका गौतम र पराजुलीले पैसा कमाउन त पाएनन् नै पैसाको साटो चरम यातना सहन बाध्य भए ।

दुवैजनालाई नाङ्गै बनाएर त्यहाँको कम्पनीले मान्छे लगाएर यातना दिने काम भयो । विदेश पठाउने एजेन्ट र म्यानपावरले भने अनुसारको काम र तलब नदिएपछि घर फर्किने भन्दा कम्पनीका मालिकले बन्धक बनाएर कुटपिट गर्ने गरेको पिडितका आफन्तले बताएका छन् । दुबईमा कम्पनीले यातना दिएको र शरिर भरी निलडाम सहितको फोटो छोराहरुले पठाउन थालेपछि श्रम तथा रोजगार कार्यलय विराटनगरमा पुष्पमणी गौतमका बुवा भोजराज गौतम पुगे र उजुरी दिए ।
विहीबार बुहारी र नातिनीहरुसँग श्रम कार्यलय आएका गौतमले वरिष्ठ श्रम अधिकृत सञ्जेललाई रुदै भने, ‘मेरो छोरा र सालोलाई फर्काईदिने वाताबरण मिलाईदिनु पर्यो ।’
उनले आफ्नो छोरो र सालोलाई शरिरको कपडा खोलेर नांगै बनाएर कुटपिट हुने गरेको फोटो तथा भिडियोहरु पठाउने गरेको जानकारी दिँदै आफ्नो छोरालाई फर्काई दिने वातावरण बनाउन आग्रह गरे ।
भोजराजले छोरा र सालोलाई विदेश पठाउने म्यानपावर र एजेन्टलाई स्वदेश झिकाउन विन्ती गर्दा पनि कुनै चासो नदेखाएपछि श्रम तथा रोजगार कार्यालयमा गत चैत २० गते उजुरी दिएका थिए ।
विदेश पठाउने एजेन्ट तामाङ पक्राउपछि छुटे गौतम र पराजुलीलाई विदेश पठाउने एजेन्टको काम गर्ने मोरङका सुन्दर हरैचा घर भइ इटहरीमा बसोबास गर्दै आएका महेन्द्र तामाङ्ग पनि विहीबार गौमत र पराजुलीका आफन्त सँग श्रम कार्यालय आएका थिए ।
श्रम तथा रोजगार कार्यालय विराटनगरले तामाङ्गलाई पक्राउ गर्न इटहरी प्रहरीलाई पत्रचार गरेपछि इलाका प्रहरी कार्यालय इटहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पछि श्रम कार्यालयमा पीडित पक्षलाई विदेश गएको ३ लाख ४० हजार रुपैयाँ दिने सहमति भएपछि तामाङ छुटेका हुन् ।
वैदेशिक रोजगार सम्बन्धि ठगी मुद्दा श्रम तथा रोजगार कार्यालयले हेर्ने भएकोले प्रहरीले विराटनगर श्रम कार्यालयमा बुझाएको थियो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम इजाजतपत्र बिना वैदेशिक रोजगार व्यवसाय संचालन गर्न र एजेन्टको रुपमा काम गर्न नपाउने प्रवाधन छ । तामाङले एजेन्टको कुनै पनि म्यानपावरको परिचयपत्र र इजाजत नलिए वैदेशिक रोजगारमा पठाएकोले उनलाई नियन्त्रणमा लिएको श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सन्जेलले बताए । पीडित र पीकड बिच सहमति भएपछि मिलापत्र गरिएको संजेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्