गृह मन्त्रालयको निर्देशन पछि मोरङमा ३५ थान हतियार संकलन

<span class='c1'>गृह मन्त्रालयको निर्देशन पछि मोरङमा</span> <span class='c2'>३५ थान हतियार संकलन</span>

विराटनगर, ६ बैशाख ।
गृहमन्त्रालयको निर्देशनअनुसार हातहतियार बुझाउने बिहिवार अन्तिम दिन विभिन्न व्यक्तिले मोरङमा १७ थान हतियार बुझाएका छन् ।

२०७५ साल चैत १ गतेदेखि ३५ दिने सूचना प्रकाशित गरी गृहमन्त्रालयले सर्वसाधारणलाई हतियार बुझाउन आग्रह गरेको थियो । गृहमन्त्रालयको आग्रहपछि मोरङमा ३५ थान हतियार संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताईन् ।
जसमा भरुवा बन्दुक र दुई नाले बन्दुक छन्। मोरङमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, उर्लाबारी, बेलबारीलगायतका सुरक्षा निकायका कार्यालयमा हतियार बुझाएको पनि उनले जानकारी दिईन् । मोरङमा ७ सय २३ जनाको नाममा दर्ता रहेको र म्यादभित्र २ सय १७ वटा मात्र हतियारको नविकरण भएको छ ।
एकपटकलाई नेपाल सरकारले नविकरण नगरेका र अवैध रुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन गरेको हो । समयभित्र हातहतियार नबुझाएर पछि त्यस्ता हातहतियार भेटिएमा मुलुकी हातहतियार संहिता २०७२ अनुसार कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्