विराटनगर ६  वडा कार्यलयमा सुकुम्बासीले लगाए ताला, वडा अध्यक्ष विजय कामत कार्यकक्ष मै थुनिए

<span class='c1'>विराटनगर ६  वडा कार्यलयमा सुकुम्बासीले लगाए ताला,</span> <span class='c2'>वडा अध्यक्ष विजय कामत कार्यकक्ष मै थुनिए</span>

प्रेम देवान

विराटनगर ६ वैसाख । विराटनगर महानगरपालीका वडा नं. ६ को कार्यलयमा धुधुवा पैनीका स्थानियवासीन्दाले ताला बन्दी गरेका छन् ।
वडा कार्यलयमा शुक्रबार विहान १० बजेदेखि लगाइएकोे तालाबन्दी अहिलेसम्म खोलिएको छैन । वडा कार्यलयमा पुगेका सयौ सेवाग्राहीहरु मर्कामा परेका छन् । विहीबार एस्काभेटर सहित महानगरपालिकाको नगर रक्षकको टोलीले धुधुवा पैनी अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काएको भन्दै स्थानियवासीले ताला बन्दी गरेका हुन् ।
आफूहरुलाई कुनै जानकारी नै नदिईकन भर्खरै बनाईएका घर टहरालाई जवरजस्ती भत्काएको भन्दै ताला बन्दी गर्नुपरेको स्थानिय दिनेश कुमार कामतले जानकारी दिए । उनले भने,‘जब सम्म विराटनगरका मेयर भीम पराजुली र उप मेयर ईन्दिरा कार्कीले हामी कहाँ आएर वार्ता नगरेसम्म ताला बन्दी नखोल्ने दावी गरे ।
महानगरको नगररक्षक , प्रहरीको उपस्थितीमा जगदमा कामत, शंकर कामत,सुष्मा साह, नारायण भट्राई, ललित कामत र विरु सहनीको घर टहरा भत्काएका थिए ।
यता नापजांचगर्दा टहरा निर्माण गर्न लागिएको जग्गा सार्वजनिक भएको पुष्टि भएपछि भत्काउने आदेश दिइएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।
उहांले जग्गाको नापजांचबाट सो जग्गा सार्वजनिक भएको पुष्टि भएपछि टहरा निर्माण गर्न लागेका ब्यक्तिहरुलाई टहरा हटाउन २४ घन्टे सुचना दिइएको तर सुचनाको अटेर गरेका कारण भत्काउन लगाइएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्