प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेको यस्तो कार्य : बालिकालाई कृतिम खुट्टा लगाएर सहयोग

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेको यस्तो कार्य : बालिकालाई कृतिम खुट्टा लगाएर सहयोग

बिराटनगर बैशाख ६ ,

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक बालिकाको खुट्टाको पैताला नभएको अवस्थामा कृतिम खुट्टाको लागि व्यस्थापन गराएका छन् । माङिसेवुङ गाउपालिका ,इलाम बस्ने १५ बर्षिया मनिहङबा साम्बाको लागि उनले बिराटनगरको शारीरिक पुनर्स्थापना केन्द्र हाटखोलामा मन्त्रीले उपचार गराएका हुन् ।

श्री विद्या श्रृजनात्मक माविमा ९ कक्षामा पढ्दा मन्त्री घिमिरेले उनको अभिभावकतब ग्रहण गरेका थिए । मन्त्री घिमिरेले बालिकालाई पढाइ तथा लत्ताकपडा पनि सहयोग गर्दै आएका छन् ।

मन्त्रीको पहलमा उपचार हुने भएपछी खुसी लागेको उनले बताइन् । उनि अहिले बिराटनगरको शारीरिक पुनर्स्थापना केन्द्रमा उपचारको क्रममा रहेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्