विराटनगर ६ वैसाख । सरकारले अवैध हतियार बुझाउन दिएको ३५ दिने समय सिमा सकिएको छ ।
गत फागुन २८ गते मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदै अवैध हतियार बुझाउन ३५ दिने सूचना जारी गरेको म्याद वैसाख ५ गते सकिएको हो ।
गृहमन्त्रालयले हतियार बुझाउन दिएको समयभित्र मोरङमा १७ थान मात्र हतियार बुझाइएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिए । बिहीबारसम्म सानाठूला गरी १७ थान हतियार बुझाएको उनले बताए ।
मोरङमा ‘९४ सि नम्बरको एयरगन’ देखि ३५ बोरे बन्धुकहरू बुझाएको मोरङ प्रशासनले जनाएको छ । जिप्रका मोरङमा बुझाएको अवैध हतियार मध्धे सबैभन्दा बढी १ नाले टोटावाल बन्दुक रहेको छ । जिप्रका मोरङमा बुझाएको सबैभन्दा बढी ६ थान १ नाले टोटावला बन्दुक रहेको छ । त्यस्तै १२ बोरे २ नाले टोटावले बन्दुक, २५ बोरे १ नाले, ३५ बोरको सानो बन्दुक, ९४ सि नम्बरको एयर गन, १ नाले भरुवा बन्दुक, जोर नाले टोटावाल बन्दुक बुझाएका हुन् ।
इजाजत (लाइसेन्स) लिएर राखिएको तर पाँच वर्ष भित्रमा नविकरण नगरेर अवैध भएको हतियारहरू बुझाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।