प्रेम देवान
विराटनगर ६ वैसाख । विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यलयमा वैदेशिक रोजगारीमा ठगी परेका उजुरी दिनका दिन आउने गरेका छन् । वैदेशिक रोजगारीमा पैसाको प्रभोलनमा पारी सयौ युवाहरुलाई ठगी गरेको खुलसा भएको छ । वैदेशिक रोजगारको बाहानामा दलाल र म्यानपावरबाट युवाहरू ठगिने गरेका उजुरी दर्जनौ आउने गरेको श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।
सञ्जेललका अनुसार पछिल्लो समय दैनिक आदा दर्जनसम्म आउने गरेको बताए । वैदेशिक रोजगारमा पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगिएको प्रमाणसहित उजुरी लिएर आउने गरेका छन् । आज हामीले श्रम तथा रोजगार कार्यलयमा पुगेर ठगिएका केही तत्याङक यहाँ प्रस्तुत गरेका छौ ः
घटना नं. १ ः मोरङको सुनवर्षीका अशोक राजवंशी पैसा कमाउने उद्देश्यका साथ ऋण खोजेर क्यानडा जानका लागि तयार भए । उनले चिनेको एक जना दाई राजकुमार राजवशीलाई क्यानडा जाने भनेर किस्ता– किस्ता गरेर ४ लाख रुपैयाँसमेत दिए । उनले गत २०७४ साल चैत्र ३० गते नै पैसा दिएका थिए । तर २ वर्ष वितिसक्यो न त उनी क्यानाडा नै पुगे न त पैसा लिने दाई नै भेटे । अहिले ती पैसा लिने व्याक्ती राजकुमार राजवशीको न त फोन नै लाग्छ न त उनी सम्पर्कमा नै आएका छन् । उनी अहिले २ वर्षदेखि सम्र्पक विहिन छन् ।
उनी जस्तै अन्य ४ जना युवाहरुले राजकुमार राजवशीलाई ४ लाखको दर पैसा बुझाए तर पैसा बुझाएको केही महिनापछि राजकुमार राजवशी सम्र्पक विहिन् छन् । सुनवर्षीका २३ वर्षीय राजु राजवंशी , सुवर्ण राजवंशी, पुष्पकुमार राजवंशी, लक्ष्मण साहनी, दयानन्द साहनी लगायतका युवाले धनपालथान गाउँपालिकाका एजेन्ट राजनकुमार राजवंशीलाई किस्ता किस्ता गरेर २४ लाख रुपैयाँ बुझाए । तर अहिले सम्म सम्र्पकमा नआएपछि बिहीबार श्रम तथा रोजगार कार्यलयमा आफू ठगिएको बारेमा उजुरी दिन आएका थिए ।
घटना २ ः माल्दिभ्स पठाउने नाममा सङ्खुवासभाको चैनपुर नगरपालिका ३ का सन्तोष विश्वकर्मासँग दलाल धनकुटा महालक्ष्मी नगरपालिका –७ लहरेबरका बाबुराम कुँवरले तीन लाख रुपैयाँ ठगे । हाल कुँवर पनि राजकुमार जस्तै सम्पर्क विहीन छन् । त्यसैगरी आकर्षक तलबको प्रलोभनमा पारेर धनकुटाका देवन्द्र र मानबहादुर कार्कीलाई पनि कुँवरले नै ३ लाख रुपैयाँ ठगी गरे । नाताले दाजुभाइ कार्कीलाई ‘अरमेनिया’ पठाउने भन्दै जनही १ लाख ५० रुपैयाँ दरले तीन लाख रुपैयाँ लिए । नक्कली कागजात देखाएर ठगी गरेका कुँवर हाल वेपत्ता छन् ।
घटना ३ः एक साताभित्र दुबई पठाउने भन्दै उर्लाबारी–१ भुवन मोते र प्रेमबहादुर दर्जीलाई झापा चारघरेका कुमार सेढाइँले जनही ५० हजार गरी १ लाख रुपैयाँ लिए । चिनजानका आधारमा विश्वासमा परेका उनीहरूको पैसासँगै राहादानी लिएर सेढाँइ सम्पर्क विहिन् छन् ।
यी माथिका घटना वैदेशिक रोजगारको नाममा दलालको फन्दामा परेको प्रतिनिधिमूलक घटना मात्र हुन् विराटनगरमा श्रम तथा रोजगारमा जानको लागी श्रम स्वीकृतको व्यावस्था भएपछि ठगीका उजुरी एकपछि अर्को गर्दै आईहेका छन् । उनले भने, ‘आएको उजुरीको दर्ता गरी छानविन गर्ने र दोषीलाई कारवाहीको दायरमा ल्याउनेछौं ।’ कति पय एजेण्टहरुले श्रम कार्यलय मै पुगेर पिडितहरुको पैसा फिर्ता समेत दिने गरेको सञ्जेलले बताए ।