विराटनगर ६ वैसाख । विराटनगर रानी सिकियाहीस्थित मनोकामेश्वर शिव, हनुमान मन्दिरमा तीनदिने अष्टजाम आयोजना गरिएको छ । विराटनगरको वडानम्बर १२÷१३ को सिमाना नहर किनारमा अवस्थित मन्दिर परिसरमा शुरु भएको अष्टजामको विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दीरा कार्कीले उद्घाटन गर्नुभयो । मानव कल्याणको कामनासहित आयोजना गरिएको अष्टजाममा तीन दिनसम्म लागातार अखण्ड हरीकीर्तन गरिने मन्दिर समितिका अध्यक्ष बाबुनन्द यादवले जानकारी दिनुभयो ।