राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्नु हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्नु हुने

काठमाडौंँ, वैशाख ७ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्नु हुने भएको छ । चीनका राष्ट्रपति सी जिनपिङको निमान्त्रणमा उहाँले सो भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उहाँले अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटन समारोहमा सहभागी हुनुका साथै त्यहाँ रहेको नेपाली पेभिलियनको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिसँगको द्विपक्षीय वार्तामा सहभागी हुनुका साथै वरिष्ठ चिनियाँ अधिकारीहरूसँग भेट गर्नुहुने छ । उहाँले बेइजिङमा आयोजना हुने नेपाली तथा चिनियाँ उद्योगीहरूको संयुक्त बैठकलाई पनि सम्बोधन गर्नुहुने छ । राष्ट्रपति भण्डारीले सान्ची प्रान्तको राजधानी सिनयान, चीनको स्वशासित क्षेत्र तिब्बतलगायतको भ्रमण गर्नु हुने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरू समेतको सहभागिता रहनेछ । राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्