प्रधानमन्त्रीलाई ५ तहको सुरक्षा घेरा तोड्दै कालो झण्डा देखाउने को थिए..?

<span class='c1'>प्रधानमन्त्रीलाई ५ तहको सुरक्षा घेरा तोड्दै</span> <span class='c2'>कालो झण्डा देखाउने को थिए..?</span>

बुटवल ७ वैसाख । ५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालोझण्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालोझण्डा देखाएका हुन् । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीले सुरक्षा दिएको थियो । कार्यक्रमका लागि १ सय बढी स्वयंसेवक खटिएका थिए ।

यद्यपी सुरक्षा घेरा तोड्दै खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी कालो झण्डा देखाएका थिए । उनी ’उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल प्रवेश गरेर कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे भएको प्रहरील जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ । सुरुमा सुरक्षाको नजरमा नपरेका उनलाई प्रधानमन्त्रीले सम्बोधन रोकेर ’सुरक्षाकर्मी कता छ ’ भनेपछि मात्रै समातेर लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्