विराटनगरमा सौन्दर्य प्रतियोगिताको होडवाजी, एउटै होटलमा एकै दिन दुईवटा अडिसन आयोजक फरक

विराटनगरमा सौन्दर्य प्रतियोगिताको होडवाजी, एउटै होटलमा एकै दिन दुईवटा अडिसन आयोजक फरक

प्रेम देवान
विराटनगर ७ वैसाख । पछिल्लो समय विराटनगरमा सौन्दर्य प्रतियोगीता गराउनेहरुको होडबाजी नै चल्न थालेको छ । विराटनगरमा एकपछि अर्को गर्दै सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेका छन् । विराटनगरमा यसै महिना मात्र आदा दर्जन जति यस्ता प्रतियोगीता हुदैछन् । कतिपय अडिसन जारी छन् भने कतिपय बन्द प्रशिक्षणा व्यस्त छन् ।

[caption id="attachment_83037" align="alignnone" width="960"] पूर्वाअञ्चल लिटिल स्टार विराटनगरको बन्द प्रशिक्षणमा[/caption]

आज कुरा गरौ एउटा होटल दुईवाट अडिसन् । पछिल्लो समय विराटनगर ९ मा रहेको विग होटल सबैको प्यारो र रोजाई बन्न थालेको छ । एक वर्ष अगाडी संचालनमा आएको विराटनगरको विग होटलमा सानादेखी ठूला कार्यक्रम गरी प्राय कार्यक्रमले हलहरु सधैं व्यास्त नै रहने गरेको छ ।
यसैविच शनिबार उक्त होटलमा २ वटा सौन्दर्य प्रतियोगीताको अडिसन भए । मिस नेवाः कोशीको पहिलो अडिसन थियो भने मिस एसइई मोरङ २०१९को दोस्रो अडिसन भयो । मिस नेवाः कोशीमा ११ जनाले अडिसन दिए भने मिस एसइईमा ८ जनाले अडिसन् दिए ।
नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिको दावी छ भने यस वर्षको एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागेको ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्ट इभेन्टको अर्को दावी छ । मिस नेवाःको अडिसनमा साहित्यकार सरिता तुलाधर, पत्रकार एवं कवि मीनकुमार नवोदित र यसअघिका विजेता रइसा श्रेष्ठ र सुधा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । १६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवतीहरू प्रतिस्पर्धामा सहभागी हुन पाउने आयोजकको भनाई छ । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिए । विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिने र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए ।

file photo
यस वर्षको एसइइ परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी मिस एइई मोरङ २०१९ को लागी ‘बौद्धिकता सहितको सौन्दर्य’ मुल नाराको साथ हुन लागेको प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टका इभेन्ट संचालक सुशिल घिमिरेले जानकारी दिए । साथै ज्योति लाइफ इन्स्योरेन्सले ५ लाख मुल्य बरावरको जीवन बिमा गरिदिने छ । प्रतियोगिताको फस्ट रनरअपले २० हजार र ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार सहित ३ लाखको जीवन विमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्