बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइईको दोस्रो अडिसन सम्पन्न ,५० जना सहभागी

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइईको दोस्रो अडिसन सम्पन्न ,५० जना सहभागी

बिराटनगर बैशाख ८,

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको दोस्रो अडिसन सम्पन्न भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा हुन लागेको हो ।

गत हप्ता पहिलो अडिसनको कार्यक्रममा यस बर्षको एसइई परीक्षा दिएका ३४ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए भने शनिबार आयोजना भएको अडिसनमा ५० जना सहभागी भएका थिए । बिराटनगरको मण्डला रेस्टुरेन्टमा भएको अडिसनमा उल्लेख्य संख्यामा युवायुवतीको सहभागिता रहेको थियो ।

प्रतियोगीलाई ओरेन्टेशन यहि ९ बैशाखमा राखिएको आयोजक उमेश कटवालले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्