बिराटनगरमा बिद्यार्थीको लागि सुबिधा सम्पन्न “बिराटनगर सेन्ट्रल होस्टेल” संचालनमा

बिराटनगरमा बिद्यार्थीको लागि सुबिधा सम्पन्न “बिराटनगर सेन्ट्रल होस्टेल” संचालनमा

बिराटनगर बैशाख ८ ,

बिराटनगर शैक्षिक हबको रुपमा बिकसित हुदै गरेको अवस्थामा बिराटनगरमा बिभिन्न ठाउँका बिद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । बिराटनगर बाहिरबाट आउने बिद्यार्थीको लागि भनेर बिराटनगरको मुनालपथमा "बिराटनगर सेन्ट्रल होस्टेल" संचालनमा ल्याइएको छ । बिराटनगर कै स्कुल तथा कलेजका प्राध्यापकहरुको समुहबाट स्थापना गरिएको उक्त होस्टेलमा सुबिधासम्पन्न कोठा , स्वास्थ्य खाना , ट्युसन कक्षाहरु साथै बिद्यार्थीको मनोरञ्जनका लागि इन्टरनेट तथा टिभी लाउन्जको समेत  व्यवस्था रहेको छ ।

"बिराटनगर सेन्ट्रल होस्टेल" मा महिला र पुरुसको लागि छुट्टाछुट्टै होस्टेल साथै २४ घण्टा सिसिटिभीबाट निगरानी समेत गरिने होस्टेलका संचालक सागर मण्डलले जानकारी दिए ।  हाल होस्टेलमा ३० बढी बिद्यार्थी बसिरहेको पनि उनले जानकारी दिए ।

गुणस्तरीय होस्टेलको अभाब रहेको बिराटनगरमा बिद्यार्थीलाई आरामदायी आवासको सुबिधा दिन होस्टेल संचालनमा ल्याइएको मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्