भोलि पार्टी एकताको अन्तिम घोषणा हुन्छ : अध्यक्ष प्रचण्ड

<span class='c1'>भोलि पार्टी एकताको अन्तिम घोषणा</span> <span class='c2'>हुन्छ  : अध्यक्ष प्रचण्ड</span>

काठमान्डौ बैशाख ८ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोली सोमबार नेकपाको पुर्ण एकता हुने बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित ७० औं पार्टी स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै वैशाख ९ गते (भाेली) पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले सांगठनिक एकताका सबैजसो विवादमा र्शीष नेताहरुबीच सहमति भइसकेको बताउँदै भोली पार्टी एकताको अन्तिम घोषणा हुने बताएका हुन् ।

आइतबार बिहानमात्रै पनि बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको बताउँदै आजै बेलुका फेरी अर्काे बैठक बसेर बाँकी विषयमा सहमति जुटाइने र भोली अन्तिम घोषणा हुने बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘भोलिसम्म एकता सम्पन्न हुनेभएकाले नेकपाको लागि अर्को ऐतिहासिक दिन्न बन्नेछ ।’

“पार्टी एकताका लागि आज दिनभरी बालुवाटारभित्रै दुईजना कमरेडलाई खटाएका छौं, अध्यक्ष प्रचण्डले भने, हामीले पार्टी एकता विधि विधान र सिद्धान्तमा टेकेर गर्दैछौं । बेलुका ५ बजे पुनः दुई अध्यक्षको बैठक हुन्छ त्यसपछि ६ बजे पार्टी सचिवालयको बैठक बस्ने कार्यक्रम छ ।” उनले थपे

सरकारले गम्भीर निर्णयहरु गहन अध्ययन गरी पार्टी विधान अन्तिम चरणमा पुगाएको दाबी गर्दै अध्यक्ष प्रचण्डले सरकारको विरोधमा लागेकाहरु एवं काम गर्न नसकेका कुराको पार्टीमा समीक्षा हुने जनाएका छन् । प्रचण्डले पार्टी विधान केही दिनमा पारित गरिने बताए ।

नेकपा एकता ट्ंग्याउन अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड एवं र्शीष नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत महासचिव विष्णु पौडेललगायतका नेताहरू गहन छलफलमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्