विराटनगरमा यस्तो : आफ्नै मलद्धवारमा राखेर लागुऔषध लिएर आउँदै गर्दा एक पक्राउ

<span class='c1'>विराटनगरमा यस्तो : आफ्नै मलद्धवारमा राखेर</span> <span class='c2'>लागुऔषध लिएर आउँदै गर्दा एक पक्राउ</span>

विराटनगर, बैशाख ८

विराटनगरको जतुवाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । आफ्नै मलद्धवारमा राखेर लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २२ वर्षीय राजन न्यौपानेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

न्यौपानेका साथबाट डाइजेल्याब, लुपिजेसिक र एभिल गरेर सात/सात एम्पुल लागुऔषध बरामद भएको छ । पक्राउ परेका न्यौपानेले भारतको जोगवनीबाट खरिद गरेर लागुऔषध इटहरी लगेको प्रहरीलाई बताएका छन् ।

पक्राउ परेपछि प्रहरीले मलद्धवारमा राखेको लागुऔषध दिसाका माध्यमबाट बाहिर निकाल्न लगाएको छ । न्यौपाने विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्