श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा मर्नेको संख्या १३८ पुग्यो

<span class='c1'>श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा</span> <span class='c2'>मर्नेको संख्या १३८ पुग्यो</span>

एजेन्सी, ८ बैशाख ।  श्रीलंकाका विलासी होटल र चर्चहरूमा आइतवार भएको शृंखलाबद्ध बम विस्फोटमा परी मर्नेको संख्या १३८ पुगेको राष्ट्रिय अस्पतालका निर्देशक अनिल जसिंघेले बताएका छन् ।  राजधानी कोलम्बोमा ४९ जना, नेगोम्बोमा ६२ जना अनि बाट्टिकालोआमा २७ जना मारिएको उनले बताए । कोलम्बोमा २०० जनाभन्दा बढी घाइते भएका छन् भने नेगोम्बोमा ११० जना घाइते भएका छन् । बाट्टिाआकालोआमा ६७ जना घाइते छन् ।  ‘अस्पतालहरूमा स्थिति नियन्त्रणमा छ,’ उनले बताए ।

आइतवार बिहान कोच्चिकाडे, कटाना र बाट्टिाकालोआका तीन चर्च र कोलम्बोका तीनवटा पाँचतारे होटलमा विस्फोट भएको कोलम्बो प्रहरीले जनायो ।

कोच्चिकोडेको सेन्ट एन्थोनी चर्च, कोटाहेना र सेन्ट सेबास्टियन चर्चमा विस्फोट भएको हो ।

पाँचतारे होटलहरू शांग्रिला, सिन्नामोन ग्रान्ड र किंग्सबरीमा विस्फोट गराइएको थियो ।

विदेशी पर्यटकहरू पनि हताहती भएको प्रहरीको भनाइ छ ।

डेली मिररबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्