उर्लावारी नगरपालिकाका पशुपन्छी शाखाका हाकिम कार्यालय समय मै मस्त निद्रामा भेटिएपछि

उर्लावारी नगरपालिकाका पशुपन्छी शाखाका हाकिम कार्यालय समय मै मस्त निद्रामा भेटिएपछि

उर्लाबारी ८ बैशाख । मोरङको उर्लाबारी नगरपालिकास्थित पशुपन्छि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको पाइएको छ । आईतबार दिउसो २ः३० बजे उर्लाबारीका संचारकर्मी हरि कोईराला रिपोर्टिङको क्रममा त्यहा पुग्दा उनी निदाईरहेका थिए ।

निक्कै बेरसम्म सञ्चारकर्मीले हेरिरहदा पनि उनी नउठे पछि तस्बिर खिचिइएको थियो । उनले तस्बिर खिचेको भेउसम्म पाएनन् । सरकारी तलब खाएर जनताको सेवामा खटिने प्रमुख यसरी निदाए पछि कार्यलयको स्थिती के होला र कार्यालय समयमा यसरी कुर्सीमा सुत्न मिल्छ भनेर प्रश्न गर्दा उनले कामको चापले ‘भुसुक्कै निदाए छुु भनेर उल्टै सञ्चारकर्मीलाई जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्